राष्ट्रको विकासमा सबैको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

राष्ट्रको विकासमा सबैको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समग्र विकासमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले आफ्नो स्थानबाट योगदान गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर (मोरङ)मा आज (१४ माघ) सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विज्ञान प्रविधिको विकास, महिला, बालबालिकाक्षेत्रको पछौटेपन हटाउन एवं खानेपानी समस्या समाधानमा सबैले आफ्नो क्षेत्रबाट काम गर्न सकेमा मुलुकले समृद्धि हासिल गर्ने बताउनुभयो । राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाएपनि दलीय जिम्मेवारी लिने चरणमा आफू पुगी नसकेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले राष्ट्रपति प्रणाली र राष्ट्रपति पद गैरराजनीतिक जिम्मेवारी नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले मिडियामा मेरो बारेमा आएका कुरा गलत छन् ।’

पूर्वराष्ट्रपति भण्डारीले आफू सचेत, सङ्गठित भएर हिँडेदेखि राष्ट्रिय राजनीतिमा चासो राखेको उल्लेख गर्दै भन्नुभयो, ‘हरेकले राष्ट्रिय राजनीति बुझ्न आवश्यक छ, राजनीतिबाट कोही अछूत छैन र राजनीतिमा गहिरो चासो छ ।’

photo: rss