राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् ।
रास्वपाले आज (१८ माघ)को बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको जानकारी गराएका थिए ।
प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाएपछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् ।
तर, सभामुख देवराज घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदहरुसँग अनुरोध गरेपनि रास्वपाका सांसदहरुले अनुरोध स्वीकार गरेनन् । पटकपटकको अनुरोध नमानेपछि सभामुख घिमिरेले बस्न आदेश दिए, तर सभामुख घिमिरेको आदेशको रास्वपा सांसदहरुले अटेर गरे ।
रास्वपा सांसदहरुको विरोधकै बीच आजको बैठक अघि बढेको छ ।
photo: rss
प्रतिक्रिया