मृतावस्थामा भेटिए भीमदत्त नगरपालिकाका कांग्रेस नगरसभापति

मृतावस्थामा भेटिए भीमदत्त नगरपालिकाका कांग्रेस नगरसभापति


नेपाली कांग्रेस भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरसभापति अच्युत कलौनी मृतास्थामा भेटिएका छन् । कलौनी शनिबार बिहान मृत भेटिएका हुन् ।

भीमदत्त नगरपालिकाको वडा नम्बर १८ को कार्यालयभन्दा सय मिटर पश्चिमतिर सडकपेटीमा कलौनी मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन् । मृतक कलौनीको घर घटनास्थलबाट ५ सय मिटरको दुरीमा रहेको बताइएको छ ।

प्रहरीका अनुसार कलौनीको शरीरमा चोटपटक केही छैन भने सोबारे अनुसन्धान सुरु गरिएको छ ।

ज्ञातव्य छ, नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्रीसमेत रहिसकेका कलोनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए।