आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट नौ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट लागुऔषध खैरो हेरोइनसहित सोही नगरपालिका-५ का २६ वर्षीय अर्जुन गुरूङ, बर्दियाको ठाकुरबाबा नगरपालिका-१ बाट ब्राउनसुगरसहित सोही नगरपालिका-४ मैनवार का १७ वर्षीय एक किशोर, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ बोकेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-३ का २२ वर्षीय सुरेन्द्र राई, चितवनको भरतपुर महानगरपालिका-४ दुर्गाचोकबाट नियन्त्रित लागुऔषध ट्रामाडोललगायत अन्य मोनोद्दिपक औषधि र नगद रु. आठ हजार ४०० सहित दुई जनालाई पक्राउ गरिएको हो ।
यसैगरी, कैलालीको गौरीगङ्गा नगरपालिका-११ झन्झटपुरस्थित घुम्ती पसलबाट गाँजासहित चार जनालाई सोमबार साँझ पक्राउ गरिएको छ ।
सुन जस्तो देखिने धातुका रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, एक एकथान सिक्री, औँठी र बाला ९८ ग्राम तौलको सुन जस्तो देखिने धातुसहित काठमाडौँ महानगरपालिका-१५ स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ पक्राउ परेकी छन् ।
थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौँ आएकी गुरूङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोही दिन साँझ पक्राउ गरिएको हो ।
यसैबीच, धरान उपमहानगरपालिका-६ पानमारा जङ्गलस्थित सडकबाट चार सय १० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा।१५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित बाँसबारीबाट १९ किलोग्राम गाँजा बरामद भएको छ ।
प्रतिक्रिया