सरकारको टिका-टिप्पणी गरेर समय खेर नफाल्न माओवादीका उपाध्यक्षको आग्रह

सरकारको टिका-टिप्पणी गरेर समय खेर नफाल्न माओवादीका उपाध्यक्षको आग्रह


नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट उपगुट तथा व्यक्तिवादको समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज (२ फागुन) चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढङ्गले अघि बढाउन सकिने बताउनुभयो । उहाँले माओवादी केन्द्रलाई बलियो बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने उल्लेख गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको टिका टिप्पणी गरेर समय खेर नफाल्न आग्रह पनि गर्नुभयो ।