आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्ने शेखर कोइरालाको जिकिर

आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्ने शेखर कोइरालाको जिकिर


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सुर्खेतमा आज (८ फागुन) नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा. कोइरालाले भने, ‘अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।’

नेता डा. कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको उल्लेख गर्दै भने, ‘सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।’

अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा. कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उनको तर्क थियो । कांग्रेस सत्तामा भए पनि आफूहरुले खबरदारी गरिरहेको उनले बताए ।

photo: rss