‘नेपालमा दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम’

‘नेपालमा दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम’


नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा अन्तरराष्ट्रिय दातृनिकायहरुको सहयोग कटौती हुने जोखिम बढेको बताउनुभएको छ ।

नेकपा एमाले प्रचार विभागले सोमबार (१२ फागुन) नवलपरासीको कावासोतीमा गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूका कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभइ अन्य मित्रराष्ट्रबाट प्राप्त हुने अनुदानहरू समेत कटौतीको जोखिम बढेको तर्क गर्नुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पाण्डेले ट्रम्पको निर्णयले युएसएआइडी र एमसिसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गर्दै भन्नुभयो, ‘युएसएआइडीको सहयोगमा भइरहेका काम रोकिने मात्रै होइन, एमसिसीको दायित्व नेपालले बहन गर्नुपर्ने अन्योलता सृजना भएको छ, यदि एमसिसी पनि रोकियो भने ठेक्का त भइसक्यो, कि त हामीले ठेक्का अनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नुपऱ्यो, कि त ठेक्का रद्द गर्दा क्षतिपूर्ति व्यहोर्नुपऱ्यो ।’

उपाध्यक्ष पाण्डेले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने बताउँदै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने धारणा राख्नुभयो ।

photo: rss