राजधानीबाहिरको भ्रमणपछि राजा ज्ञानेन्द्र काठमाडौंमा

राजधानीबाहिरको भ्रमणपछि राजा ज्ञानेन्द्र काठमाडौंमा


पश्चिम नेपाललगायत स्थानमा केही समयको भ्रमण पूरा गरी राजा ज्ञानेन्द्र शाह आज (२५ फागुन) काठमाडौं फर्किनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राप्रपालगायत राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै राजसंस्थाप्रति झुकाव राख्ने राजासमर्थित व्यक्ति तथा सङ्घसंस्थाले उहाँलाई भव्य रुपले स्वागत गरेका थिए ।

राजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो । राजासमर्थित दल, समूह एवम् नाागरिक तप्काको आह्वानमा भएको स्वागत कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो । विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

मूलतः पोखराकेन्द्रित भइ आसपासका क्षेत्रको धार्मिक भ्रमणमा निस्कनुभएका राजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौं आउँदा उहाँको स्वागतमा जनलहर उर्लिएको सन्दर्भले यतिबेला राजनीतिक बजार तातेको छ ।

photo: rss