राजतन्त्रका पक्षमा हल्ला मात्र भइरहेको तर्क
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् ।
धनगढी विमानस्थलमा आज (२६ फागुन) पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे ।
अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको उल्लेख गर्दै भने, ‘मैले कुनै माहोल देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’
कांग्रेस सभापति देउवासहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् ।
file photo
प्रतिक्रिया