दशरथ रंगशालालाई एएफसीले मान्यता नदिएपछि नेपालमा हुनुपर्ने खेल मलेसियामा

दशरथ रंगशालालाई एएफसीले मान्यता नदिएपछि नेपालमा हुनुपर्ने खेल मलेसियामा


एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

मलेसियाको सुल्तान इब्राहिम स्टेडियम मंगलबार (१२ चैत) सप्पन्न खेलमा मलेसियासँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । यो जितसँगै मलेसियाले तीन अङ्क जोडेको छ । खेलको २९औँ मिनेटमै हेक्टर हेभलले गोल गर्दै मलेसियालाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ७१औँ मिनेटमा मलेसियाका अर्का खेलाडी लाभेर कोर्बिन–अङ्गले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र मलेसियाले नेपालमाथि २–० को जित निकाल्यो ।

यस पटकको छनोटमा एसियाका २४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ, जसमा नेपाल एफमा रहेको छ । नेपालको समूहमा मलेसियासँगै भियतनाम र लाओस छन् । ‘होम एण्ड अवे’ प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ ।

आजको खेल नेपालमा हुनुपर्ने भए पनि एसियाली फुटबल महासङ्घ (एएफसी)ले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि मलेसियामा भएको बताइएको छ ।