सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा


सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज (१६ चैत) बिहान पत्रकार सम्मेलन गरेर मन्त्री चौधरीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गैरकानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि नैतिकताका आधारमा उनले राजीनामा दिएका बुझिएको छ ।

उनले पत्रकारमाझ भने, ‘म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।’

नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा चौधरी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री भएका थिए ।