राजसंस्था स्थापनार्थ काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीका लागि जिम्मेवार ठहऱ्याइ प्रहरीद्वारा नियन्त्रणमा लिइएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
उक्त घटनाबारे अनुसन्धान गर्न पक्राउ गरी उनीहरुलाई आइतबार (१७ चैत) म्याद थपका लागि अदालतमा पेश गरिएको थियो भने मिश्र, राणालगायत एघार जनालाई प्रहरीले राज्यविरुद्धको कसूर गरेको आरोपमा मुद्दा चलाएको छ।
यसैक्रममा पक्राउ परेका राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई साधारण तारिखमा रिहा गरिएको छ । उनलाई गत शुक्रबार उनकै ल फर्मबाट पक्राउ गरिए पनि राजसंस्थावादीको प्रदर्शनका क्रममा भिडलाई भड्काउने गतिविधि उनले नगरेको निष्कर्षसहित म्याद थप नगरी साधारण तारिखमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिएका छन् ।
प्रतिक्रिया