सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)का अवसरमा सोमबार (१७ चैत) सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले आइतबार एक सूचना जारी गरी यस्तो जानकारी दिएका हुन् ।
विसं २०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया