त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज (१८ चैत) सम्पन्न विद्यार्थी युनियनको निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी बनेका छन् ।
कुल खसेको तीन हजार १०८ मतमध्ये उनले ७८९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरे । नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीका प्रविण दाहालले पनि ७२७ प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७०१ मत प्राप्त गरेका छन् ।
सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएका
प्रतिक्रिया