मिश्र र जबरालाई पन्ध्र दिन हिरासतको म्याद थप

मिश्र र जबरालाई पन्ध्र दिन हिरासतको म्याद थप


राप्रपाले काठमाडौंको बल्खुमा खबरदारी सभा आयोजना गरी प्रहरी हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्न आह्वान गरेकै दिन चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबराले अझै १५ दिन प्रहरी हिरासतमा रहनुपर्ने भएको छ ।

जिल्ला अदालत काठमाडौंले दुवैजनाविरूद्ध राज्यविरूद्धको अपराध थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो । अन्यका हकमा अदालतले २० दिनको म्याद दिएको छ । अन्यविरुद्ध संगठित अपराध र आपराधिक उपद्रो अभियोगमा मुद्दा चलाइँदैछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले मिश्र र प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितलाई थप १५ दिन हिरासतमा राख्ने अनुमति दिएको जानकारी दिएका छन् ।

रविन्द्र मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई आज (२६ चैत) म्याद थप भएको हो । ज्ञातव्य छ, उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई राज्यविरुद्ध अभियोगमा मुद्दा चलाइँदैछ ।