कानुन व्यवसायी र मानवअधिकारकर्मीको रोहबरमा आफू सार्वजनिक हुन तयार रहेको दुर्गा प्रसाईंको उद्घोष

कानुन व्यवसायी र मानवअधिकारकर्मीको रोहबरमा आफू सार्वजनिक हुन तयार रहेको दुर्गा प्रसाईंको उद्घोष


चैत १५ को तीनकुने प्रदर्शनपछि सार्वजनिक स्थानमा देखानपरेका दुर्गा प्रसाईंले आफू कतै नभागेको तर ज्यान जोगाउन आवश्यक ठानेर नेपालभित्रै सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएको बताएका छन् । बुधबार (२७ चैत) एक भिडियो सन्देश जारी गर्दै प्रसाईंले निश्चित कानुन व्यवसायीहरुका साथै मानवअधिकारवादीहरुको रोहबरमा आफू चौविस घण्टाभित्रै सार्वजनिक हुन तयार रहेको उल्लेख गरेका छन् ।

कुनै अज्ञात ठाउँमा खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको साढे आठ मिनेटको उक्त भिडियो सन्देशमार्फत प्रसाईंल तीनकुने घटनामा मारिएका दुवै जनाको परिवारलाई आफ्नो तर्फबाट पाँचरपाँच लाख रुपैयाँ सहयोग दिने घोषणा पनि गरेका छन् ।

‘म भागेको होइन जोगिएको मात्र हो’ भन्दै उनले आफू रहेमात्र राजसंस्था पक्षधरको अभियान र जनविद्रोह सफल हुने जिकिर गरेका छन् । आफूलाई सिध्याउने षड्यन्त्रका कारण सार्वजनिक नभएको प्रस्टोक्ति दिँदै उनले पेरुका गोञ्जालोलाई पक्रेर मारेरपछि त्यहाँको विद्रोह सकिएको उदाहरण दिएका छन् । आफू गोञ्जाले बन्न तयार नभएको उनको भनाइ छ ।

प्रसाईंले कानुनव्यवसायीहरु ध्रुवलाल श्रेष्ठ, स्वागत नेपाल, भीमार्जुन आचार्य, सुरेन्द्र भण्डारी, सुशील पन्त, टंक दुलाल, रमण श्रेष्ठलगायत वकिल र मानवअधिकारवादीको रोहवरमा आफू २४ देखि ३६ घन्टाभित्र सार्वजनिक हुन तयार रहेको घोषणा गरेका छन्।