हिन्दुराज्य र राजसंस्था पुनःस्थापनाको माग गर्दै आएका दुर्गा प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौं ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन् ।
तीनकुनेमा भएको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षाकर्मीको घेरा तोडी फरार भएका प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइएको हो ।
उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको बताइएको छ ।
photo: rss
प्रतिक्रिया