सुदूरपश्चिम प्रदेशका गौरव मानिएका प्रतिभावान र अनुशासित उसु खेलका राष्ट्रिय खेलाडी शिवराज सुनारी मगरका बुबा अस्वस्थ भइ भारतमा उपचाररत छन् । भारतको बैंगलोरमा काम गर्ने सिलसिलामा एक्कासी बेहोस भइ ढलेपछि बैंगलोरकै एक अस्पतालमा उनको उपचार भइरहेको छ ।
स्वदेश-विदेशमा मुलुकको पहिचान दिलाउने राष्ट्रिय खेलाडी शिवराजको आर्थिक अवस्था कमजोर भएका कारण उनका बाबुको उपचारमा आर्थिक समस्या परेको छ । उपचारमा सहयोग पुगोस् भन्ने ध्येयले नेपाल उसु महासंघले केही आर्थिक सहयोग संकलन गरी रकम हस्तान्तरण गरिएको जनाएको छ ।
छोटो समयको व्यवस्थापनमा संकलित ३५ हजार रुपैयाँ महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव ल्हाक्पा छिरिङ लामाद्वारा राष्ट्रिय डिप्लोमा कोर्स तथा राष्ट्रिय निर्णायक सेमिनार २०८२ धनगढीको समापन समारोहबीच शीघ्र स्वाथ्यलाभको कामनासहित सहयोग रकम हस्तातरण गरिएको महासंघले जनाएको छ ।
रकम सहयोग गर्नेहरु वीरबहादुर तामाङ (अध्यक्ष) रु. ५०००/-, दुश्यान्त बस्नेत (उपाध्यक्ष) रु. ५०००/-, नारायण गिरि (उपाध्यक्ष) रु. २०००/-, ल्हाक्पा छिरिङ लामा (महासचिव) रु. ५०००/-, गोविन्द बहादुर शाही (सचिव) रु. २०००/-, निकेश श्रेष्ठ (सचिव) रु. २०००/-, लानम लामा (कोषाध्यक्ष) रु. ४०००/-, दीपक कुमार तामाङ (सदस्य) रु. ५०००/- र दिपलाल लामा (सदस्य) रू. ५०००/- लाई महासंघले धन्यवादसहित आभार प्रकट गरेको छ ।
प्रतिक्रिया