हुन्डीको चालिस लाख रकमसहित दुई जना पक्राउ

हुन्डीको चालिस लाख रकमसहित दुई जना पक्राउ


रु. ४० लाख ३२ हजार ५०० हुन्डीको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा भारत कोलकाता-६ डिनाथ रोड यादवपुर घर भई हाल काठमाडौं महानगरपालिका-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त तथा रुपन्देही, देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका-१५ तिनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार विशेष सूचनाका आधारमा मंगलबार राति जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरीले कामपा-२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँतलामा रितपूर्वक खानतलासी गर्दा हुन्डीको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरुलाई उक्त रकम र बरामद गरिएका सामानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जानकारी दिएका छन् ।