गत २०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेस्थित खुल्ला चौरमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा आयोजित प्रदर्शनमा क्रममा भएको घटनामा संलग्न रहेको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बाबा भनेर चिनिने अनिल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार (२८ वैशाख) पक्राउ परेका बस्नेतलाई काठमाडौं जिल्ला अदालतबाट दुई दिनको म्याद प्राप्त भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया