चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुग्नुभएको छ ।
सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ नेपाल भ्रमणमा आउनुभएको हो ।
उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो ।
सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया