हावाहुरीले रुख ढलेर च्याप्दा दुई जनाको मृत्यु, तीन घाइते

हावाहुरीले रुख ढलेर च्याप्दा दुई जनाको मृत्यु, तीन घाइते


  • आरपी उपाध्याय, नवलपरासी

शुक्रबार (२ जेठ) आएको हावाहुरीले रुख ढलेर च्याप्दा पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७ चारपालामा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु हुनेमा सुनवल ७ निवासी ३० वर्षिया मीरा वयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

उक्त दुर्घटनामा परेर घाइते हुनेमा स्थानीय नर्मा परियार, दुर्गा खाम्चा रहेको र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भलुही मेडिकल कलेज पठाइएको छ ।

हावा हुरीसहित आएको पानीबाट जोगिन उनीहरु प्रतीक्षालयमा ओत लागेका थिए । तीव्र गतिमा रहेको हावाहुरिले प्रतिक्षालय‌माथि नै रुख ढलेपछि मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् ।