पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई सूर्य नेपाल गल्फटुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधिकोर्स रेकर्डसहित जित्न सफल भएका छन् ।
समग्रमा १७-अन्डर २ सय ५५ को प्रभावशाली स्कोरमा शुक्रले निरज तामाङलाई ४ स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाए । शुक्रले एमेच्योर खेलाडी सदभाव आचार्यको नाममा रहे को १५-अन्डर ५७ को रेकर्ड तोडे । सदभावले यही सिजन सूर्य नेपाल काठमाडौँ ओपनमा सो रेकर्ड बनाएका थिए।
अन्तिम दिन ६-अन्डर ६२ को स्कोर बनाएका शुक्रले उपाधिसँगै नगद १ लाख१० हजार प्राप्त गरे। उनको यो करियरको एघारौं उपाधि हो।
यो सिजन तीन उपाधि जितेका निरजले आज ६-अन्डर ६२ को स्कोर जोडे । समग्रमा १३-अन्डर २ सय ५९ को स्कोरमा निरज दोस्रो भए । उनले नगद ७० हजार हात पारे।
समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा दिनेश प्रजापतिले तेस्रो स्थानमा प्रतियोगिता सकाए। आज उनले ३-अन्डर ६५ को स्कोर दर्ज गरे। तेस्रो भएका उनलाई ५० हजार प्रदान गरिएको छ।
आज १-ओभर ६९ स्कोर सहित समग्रमा ७-अन्डर २ सय ६५ को नतिजमा भुवन कुमार रोक्का चौथो हुँदा ४२ हजार प्राप्त गरे। समग्रमा ५-अन्डर २ सय ६७ सहित सञ्जय लामा पाँचौं भए । उनले आज ३-अन्डर ६५ को स्कोर तयार पारे। उनले ३७ हजार नगर पुरस्कार आफ्नो नाममा लेखाए ।
तोरण विक्रम शाही, साबिक विजेता रवि खड्का र वसन्त राज गुरूङले समग्रमा ४-अन्डर २ सय ६८ सहित संयुक्तरुपमा छैटौं स्थान बाँडे । उनीहरूलाई जनही ३० हजार प्राप्त गरे।
समग्रमा १-अन्डर २ सय ७१ बनाएका नेपाल नम्बर एक भुवन नगरकोटीले नवौं स्थानमा चित्त बुझाए । आज उनले २-अन्डर ६६ स्कोर गरे। समग्रमा २-ओभर २ सय ७४ सहित रमेश अधिकारी दशौं भए । भुवनले २४ हजार ररमेशले २१ हजार हात पारे।
अन्तिम १८ होलको सुरूवात गर्दा आज शुक्रसँग ३ स्ट्रोकको अग्रता रहेको थियो ।उनले दोस्रो देखि पाँचौं होलसम्म लगातार चार बर्डी प्रहार गरे । उनलाई अन्य खेलाडीले चुनौती समेत दिन सकेनन् । फ्रन्ट नाइन ४-अन्डर ३०मा सकाए । यसपछि ५-पारको १० औं होलमा इगलको सफलता प्राप्त गरे । १३औं र १४औं होलमा एक-एक सट बचाए। १२औं र १८औं होलमा बोगी खेप्दै ब्याक नाइन २-अन्डर ३२ मा सकाए ।
निरजले पहिलो, चौथो र पाँचौं होलमा बर्डी प्रहार गर्दा सातौं होलको बोगीलेफ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे । यसपछि १०औं होलमा इगल तथा १२औं र १८औं होलको बर्डीले ब्याक नाइनमा ४-अन्डर ३० को नतिजा निकाले ।
प्रतिक्रिया