‘परराष्ट्रमन्त्रीको रहस्यमयी भ्रमण !

‘परराष्ट्रमन्त्रीको रहस्यमयी भ्रमण !


परराष्ट्रमन्त्री आरजु राणा देउवा जापानको साताब्यापी भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँको जापान भ्रमण जापानी सरकारको आयोजनामा भएजस्तै गरि प्रचार गरिएपनि एउटा गैरसरकारी सस्थाबाट निम्तो मगाएर उहाँ जापान पुग्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

आरजुलाई फाउण्डेसन फर दी वेलफेयर एण्ड एजुकेसन अफ दी एशिएन पिपल (FWEAP) नामक गैरसरकारी संस्थाको नाममा निमन्त्रणा मिलाइएको थियो । उनी जापानमा हुण्डी कारोबारीका रूपमा चिनिएका महेश श्रेष्ठसङ्ग ‘कारोबार मिलाउन’ त्यहाँ पुगेको बताइन्छ । सिटि एक्सप्रेस नामक कम्पनी खोलेर रेमिटेन्ससम्बन्धी काम गरिरहेका महेशको आरजुसङ्ग बारम्बार काम परिरहने बताइन्छ।

यसपटक जापानमा रहँदा पनि आरजुको धेरैजसो समय महेशद्वारा आयोजित ‘कार्यक्रम’हरूमा बित्ने गरेको थियो । आरजुले काङ्ग्रेस समर्थकहरूको संस्था जनसम्पर्क समितिको भेलामा पनि सहभागिता जनाएको बताइन्छ । त्यहाँ रहदा एकदिन आरजुले आफ्नो स्वास्थ्य परीक्षण समेत गराएको बुझिएको छ।

जापानमा आरजु राजदूत दुर्गाप्रसाद सुवेदीको पाहुना भएर बसेको बुझिएको छ । यसअघि दुर्गा सुवेदी बेलायतमा रहँदा पनि आरजु करिव तीन महिनासम्म सुवेदीकै पाहुना भएर बस्नुभएको थियो । जापानमा राजदूत दुर्गाले आरजुको जापानी परराष्ट्र मन्त्रीसङ्ग पनि सङ्क्षिप्त बैठक गराएका थिए । तर त्यो भेट अर्थपूर्ण भने नभएको बुझिन्छ । बरू अर्थपूर्ण छलफल र भेटघाट निकै ‘अर्थ’पूर्ण भएको भन्ने चर्चा जापानमा चलेको छ । आरजुको भ्रमण अर्थ ब्यवस्थापनमा केन्द्रीत रहेको निष्कर्ष जापान बसिरहेका नेपालीले निकालेका छन् ! देशका लागि जे भएपनि आरजुका निम्तिचाहिँ भ्रमण निकै सफल भएको बताइएको छ ।