पोखरानिवासी उद्यमी शान्ति श्रेष्ठ उदासलाई अन्तर्राष्ट्रिय अर्वाड प्राप्त भएको छ । सिंगापुरमा आयोजित अमेरिकाको प्रतिष्ठित दि इन्टरनेशनल अवार्ड फोरमले उदासलाई ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड प्रदान गरेको हो । फोरमले विश्वका विभिन्न देशका उद्यमी एवम् समाजसेवीहरुलाई उनीहरुको कामको प्रभावकारिताको आधारमा पुरस्कृत गर्ने गरेको छ ।
उदाससँगै अन्य देशका व्यक्तिहरुमा सम्मानित भएका छन् । उदास पोखराको नदीपुरमा महिला तथा युवाहरुको सीप र व्यावसायिक दक्षता अभिवृद्धिका लागि स्थापना गरिएको सारथी केन्द्र तथा विभिन्न सीपमुलक तालिमपश्चात उत्पादित स्थानीय उत्पादनहरुको बजारीकरणका लागि खोलिएको सृष्टि क्रियशनको अध्यक्षका रुपमा कार्यरत रहेकी छन् ।
उनले नेवा मिसा पुचका संस्थापक अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीको सचिव, नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगत महिला उद्यमी विकास समितिको केन्दि«य कार्यसमितिमा रहेर काम गरी सामाजिक योगदान दिएकी छन् । उनी कास्की मोडल हस्पिटलका निर्देशक, कास्की फाइनान्सका पुर्व डाइरेक्टर, आल्मोण्डस क्याफेका संचालकसमेत हुन् ।
प्रतिक्रिया