सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एण्ड स्पामा १० प्रतिशत छुट

सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एण्ड स्पामा १० प्रतिशत छुट


सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पा (बौद्ध, काठमाडौं) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले लाइल्याक वेलनेस एण्ड स्पा काठमाडौंमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा फेन नम्बर ०१-५९७००२० र इमेल [email protected] मार्फत् सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

ज्ञातव्य छ, बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।