सिद्धार्थ बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट


सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेड (केन्द्रीय कार्यालय नक्साल, काठमाडौं)का विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले विराटनगरस्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा फोन : ०१-५९७००२० र ईमेलः [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ ।

ज्ञातव्य छ, बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।