टेबलटेनिस टोली उज्वेकिस्तान जाँदै

टेबलटेनिस टोली उज्वेकिस्तान जाँदै


एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ ।

यही असार १२ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा समान ३/३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् ।

टोलीप्रमुखमा ज्याकी महर्जन र प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् ।

टोली बुधबार (११ असार) उज्वेकिस्तान प्रस्थान गर्नेछ ।