✍ राजेन्द्रप्रसाद पाठक
मृत्युपर्यन्त बाल मतलव छैन !
मेरो मलामी कोही नआए हुन्छ !!
जिउँदाको जिन्दगी नै हो संसार !
हर हमेसा जो जो सहाय हुन्छ !!
महाराज.. भोकाको नाममा तिमी !
चौरासी बेञ्जनमा एक घटाउँदैनौ !!
सुटबुट सलवारमा एक कटाउँदैनौ !
किसानको खेतमा पानी पटाउँदैनौ !!
भाषणमा भन्छौ हामी समाजवादी हौं !
शासनमा तिम्रो परिवार छटाउँदैनौ !!
गोरु बेचेको साइनो छ तिम्रो दिलमा !
जुठोहात पनि तिमी अरुलाई चटाउँदैनौ !!
शहीदले सपना देखे ब्युँझिदै ब्युँझिएनन् !
तिनै सपना तिनकै सन्ततिलाई लौटाउँदैनौ !!
पुर्वशासकप्रति इर्ष्या मात्र पालेका रहेछौ !
रैतीलाई सत्तामा कहिल्यै पनि अटाउँदैनौ !!
तिमी नै संसारका सामन्तका बाबू रहेछौ !
सामन्तीको बखान गरेर कवै सुर्ताउँदैनौ !!
पर्दापछिको बिरालो बाघको धक्कु लाउँछौ !
पितृऋणका खातिर शोसकलाई नै उठाउँछौ !!
अजम्मरी रहेछौ तिमी हजार साल बाँच !
अरुका नाममा दौलत करोडौं अर्बौं साँच !!
तिनै तिम्रा साहु रहेछन् तिमी आसामी हौ !
सम्झी रुनेका खातिर रैतीलाई बढार्दैछौ !!
प्रतिक्रिया