एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कास्य पदक

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कास्य पदक


१०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशा गोवर्धनले कास्य पदक प्राप्त गरेकी छन् ।

मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कास्य पदक प्राप्त गरेकी प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

मलेसियामा जुलाइ २४ देखि अगष्त १ तारिखसम्म भएको सो प्रतियोगितामा नेपालबाट पुरुष ५८ किलोमुनिको तौल समूहमा भरतसिंह महता र ६३ किलोमुनिको तौल समूहमा अमिर भ्लोन तथा महिला ४७ किलोमुनिको तौल समूहमा कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए । उक्त टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका थिए ।