धैर्यता र सहनशीलता भएको कारणले बाहुन शान्त छन् तर मतवालीले भनेको जस्तो डरछेरुवा होइन । बाहुन समुदाय बाठा हुन्छन्, चतुर हुन्छन्, संयमी हुन्छन् । बाहुन समुदायको यही बाठोपन, यही समझदारी, यही संयमता यही चतुऱ्याइँ अनि यही धैर्यतालाई के हामी मतवालीले मनन गर्न वा उनीहरूसँग सिक्न सकिन्न र ?
✍ कल्पना मगर
किन होला मलाई फेरि बाहुनकै झोले बन्नुपर्ने ? अचम्म !!
किनकि-
१) बाहुनहरू संयमी हुन्छन्, सहनशील हुन्छन्, धर्यवान् हुन्छन् । कुनै विषयमा विवाद उत्पन्न भैहाल्यो भने दश पटक सोचेर एक पटक एउटा वाक्यमा कुरो टुङ्गोमा पुऱ्याउँछन् ।
२) उनीहरू हत्पत्ति गालीगलौजमा उत्रँदैनन्, उत्रिनुपऱ्यो भने पनि शास्त्र-नीतिको उदाहरण दिएर उत्रन्छन् ताकि अप्ठ्यारो परिस्थिति सृजना नहोस् ।
३) बाहुनहरू मतवालीले जस्तो चित नबुझ्दा पाखुरा सुर्किंदैनन्, किनकि बाहुन लडाकु जात होइन । तर यही पाखुरा सुर्काएको भरमा आफूलाई बहादुर ठान्ने मतवालीहरू छन् । अनावश्यक गालीगलौज वा अपशब्द बोल्न र लेख्न पाए आफूलाई महा विद्वान् ठान्छन् ।
हामी जनजातिहरूले ध्यान पुऱ्याउन सकेका छैनौँ – बाहुनहरूले धर्मका दश लक्षणलाई पूर्णतया पालन गरेकै हुन्छ । त्यसैले त जनजातिहरूले बाहुनविरोधी कुरा गरेर समाजलाई उग्र बनाउने खालका अभिव्यक्ति दिँदै गर्दा उनीहरू चुप छन् ।
जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि बाहुनहरू संयमित भएर धैर्यतापूर्वक प्रस्तुत हुन्छन् वा तिनीहरूका कुरालाई बेवास्ता गरिदिन्छन् ।
हामी सोच्छौँ- बाहुनहरू कर्मकाण्ड मात्र गर्छन्, कथा-पुराणहरूको वाचन मात्र गर्छन् । अनि हामीलाई लाग्छ- यी काम गरेर बाहुनहरूले ठगेका छन् । यसमा एक त बाहुनहरूले कसैलाई कर्मकाण्ड गर्नैपर्छ भनेर जबर्जस्ती लगाउँदैनन् । यो त बाहुनबाहेकका अन्य जातिहरूले पिता-पुर्खादेखि उनीहरूलाई आफ्ना घरभित्रका संस्कारअनुसार मन्त्र उच्चारण गर्न बोलाएका कारण आजसम्म हामी त्यसमा चलेका हौँ ।
यदि कसैलाई त्यसमा इच्छा छैन भने नगर्दा पनि त हुन्छ होला नि ! यदि आफू त्यो नगर्दा सुखी र खुशी भइन्छ भने किन गर्ने ? यसमा बाहुनले जबर्जस्ती त गर्दैनन् ।
तर…
यही कुरालाई लिएर बाहुन भएकै कारण सधैं गालीगलौच गर्दा यहाँ हरेक बाहुनहरूको अपमान हुन गएको छ ।
जसका कारण- आज कतै शान्ति देखिँदैन ।
जसका कारण- मानिसहरू स्वधर्ममा विश्वास गर्न छाडेर परधर्म अपनाउन थाले ।
जसको कारण- आज हरेक समुदायको आफ्नो वास्तविक पहिचान हराएर पश्चिमी बिल्कुलै विपरीत पहिचान कायम हुँदैछ ।
जसको कारण- अबको केही वर्षपछि तपाईं हाम्रा पुस्ता नै लोप भएर जानेछन् र हाम्रा सन्तान येशु र महम्मदबाट निस्किएको इतिहास बन्ने निश्चित छ ।
बाहुन समुदाय बाठा हुन्छन्, चतुर हुन्छन्, संयमी हुन्छन् ।
बाहुन समुदायको यही बाठोपन, यही समझदारी, यही संयमता यही चतुऱ्याइँ अनि यही धैर्यतालाई के हामी मतवालीले मनन गर्न वा उनीहरूसँग सिक्न सकिन्न र ?
जान्नेसँग नजानेका कुरा सिक्नु घोडा/झोले हुनु हो र ??
त्यसो भए के विद्यालय, विश्वविद्यालयमा पढ्ने सबै विद्यार्थीहरू शिक्षकको घोडा हो त ??
आवश्यक पर्दा रामो गुण चोर्न पनि सकिन्छ । बुझ्न पनि पर्छ ।
के यसैलाई झोले भनिन्छ ??
बाहुन चतुर अवश्य छन् तर मुर्ख होइनन् ।
धैर्यता र सहनशीलता भएको कारणले बाहुन शान्त छन् तर मतवालीले भनेको जस्तो डरछेरुवा होइन ।
यादै होला- रिस उठ्दा बाहुनले पनि वेद पढ्दैनन्, त्यसैले बाहुन रिसायो भने त्यही मन्त्रको प्रयोग गरेर आफू बच्न सक्छन् ।
उदाहरणका लागि- प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएअनुसार मन्त्रले नै यन्त्र, तन्त्रहरूको उत्पादन गर्ने हो ।
दश लक्षणहरू एक व्यक्तिमा भए धर्मयुक्त (धार्मिक) व्यवहार मानिन्छ । यिनै आधारमा धर्मको ब्याख्या गरिन्छ, जुन केवल पूजा-पाठ वा कर्मकाण्ड मात्र नभइ जीवन पद्धति र आचरण पनि हो ।
अन्त्यमा…
त्यसैले म ‘कल्पना मगर्नी’ बाहुनको झोले !
शम्भो !!!
प्रतिक्रिया