भारतीय च्याम्पियनलाई पराजित गर्ने रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार

भारतीय च्याम्पियनलाई पराजित गर्ने रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार


आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी सामाजिक सञ्जाल फेसबुकबाट दिएका छन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई पनि दुई लाख रकम प्रदान गरिने निर्णय भएको जानकारी दिएका छन् ।

गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरी प्रशंसा र चर्चा बटुलेका थिए ।