टप एण्ड टी-२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

टप एण्ड टी-२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै


अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी-२० सिरिज’को उद्घाटन खेल आज (३० साउन) नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ ।

नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु हुनेछ ।

ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो । प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका टोली प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ ।