जी २०० को उपलक्ष्यमा गोर्खाहरुको बृहत भेला, गोर्खा वेलफेयर ट्रष्टलाई विस हजार पाउण्ड सहयोग

जी २०० को उपलक्ष्यमा गोर्खाहरुको बृहत भेला, गोर्खा वेलफेयर ट्रष्टलाई विस हजार पाउण्ड सहयोग


maddhat samuha 2लण्डन । नेपाल–बेलायत सम्बन्ध स्थापनाको दुई सय बर्ष पूरा भएको अवसर पारी ह्याम्सायरस्थित एक च्यारिटी संस्था नेपाली मद्दत समूहले गत शनिबार बृहत कार्यक्रमको आयोजना ग-यो । ईष्ट्ली गोर्खा नेप्लिज एशोसियसनको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा करीब एकजार भन्दा बढी पुर्व गोर्खा तथा स्थानीयहरुको सहभागिता थियो । बेलायतमा सन् १९९८ देखि नेपाली मद्यत समूहका को–फाउण्डर कमल पुर्जाको संयोजनमा हुंदै आइरहेको यो कार्यक्रम यस बर्ष अझै बृहत बनाइएको आयोजकले बताएका छन् । बेलायतको इष्ट्ली, स्विण्डन, बेइजिङ स्टोक, फार्नबरो, अल्डरसट लगायतका स्थानबाट सहभागीहरुले विन्चेस्टरस्थित गोर्खा म्युजियम र हिलियर गार्डेनको अवलोकन भ्रमण गरेका थिए ।
कार्यक्रममा नेपाली लगायत स्थानीय समुदायका प्रतिनिधिहरु नेपाली खानामा रमाउंदै नौमती बाजाको तालमा नाचेका थिए । कार्यक्रमका संयोजक कमल बहादुर पुर्जाले नेपाल बेलायत सम्बन्धको दुई सय बर्षको अवसरमा कार्यक्रमलाई बृहत बनाइएको दावी गरे । उनले कार्यक्रममा सहयोग पु-याउनेहरुप्रति आभार प्रकट गरेका थिए । यस कार्यक्रमले स्थानीयसंग नेपालीको सामिप्यता बढाउन पनि सहयोग पुग्ने पुर्जाले विश्वास लिए ।
गैर आवासीय नेपाली संघ यूकेका पुर्व राष्ट्रिय संयोजक एवं कार्यक्रमका व्यवस्थापक मध्य एक योग कुमार फगामीले पुर्व गोर्खाहरुको बृहत सहभागिताले कार्यक्रम सफल भएको टिप्पणी गरे । मद्दत समूहका सहयोगी एकराज नेम्बाङले यस भ्रमणलाई उत्सवका रुपमा मनाईएको जिकिर गरे । विगत जस्तै यो बर्षपनि सहभागीहले प्रकृतिको सौन्दर्यसंग भुल्ने अवसर पाएको उनको भनाई थियो ।
त्यस्तै गायिका निता पुनले पनि सहभागिहरुले भरपुर मनोरञ्जन लिएको बताउंदै यस बर्षको भ्रमण उत्कृष्ट र फलदायी भएको टिप्पणी गरिन् ।
सोही अवसरमा गोर्खा म्युजियमका ग्याबीन ह्यारिष र गार्डेनका डाइरेक्टर बब उल्स ग्याङ्गले स्वागत मन्तव्य दिए । कार्यक्रममा ह्याम्सार काउण्टी काउन्सीलका प्रमुख रोय पेरी, रोयल ब्रिटिश लिजनका गेरी ग्रोभ लगायत सहभागी थिए ।
maddhat samuhaकार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागि भएकाहरुले भ्रमणबाट आफुहरुले धेरै कुरा हेर्ने, जान्ने र सिक्ने अवसर पाएको बताएका थिए । हिलयर गार्डेनमा रहेका करीब १२ हजार भन्दा बढी प्रकृतिका बोट विरुवा तथा फूलहरुले नेपालको याद भुलाएको उनीहरुको भनाइ थियो । गार्डेनको प्रबेशद्धारबाट हिंडेको केहि समयमा नेपाली चौतारो भेटिएको थियो । नेपाली गोर्खा रेजिमेट्सहरुको नाम अंकित चौतारोमा नेपालकै गाउं घरको याद दिलाउने तस्वीरहरु टांगिएका छन् । गोर्खा परिवारसंग सहभागि गार्डेनका प्रमुख बबले उनीहरुलाई बोट विरुवाबारे जानकारी दिंदै नेपाली चौतारोमा पु-याएका थिए ।
सो अवसरमा मद्यत समुहका को फाउण्डर पुर्जा तथा एरिया प्रतिनिधिहरुले गार्डेनका प्रमुख तथा अन्य सहभागि पाहुनाहरुलाई खादा लगाई सम्मान गरेका थिए ।
सोही कार्यक्रममा नेपालमा हालै गएको भुकम्पमा परि घाइतेहरुको ब्रिटिश गोर्खाहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा भुकम्प पीडितहरुका लागि ह्याम्सायर काउण्टी काउन्सिलले गोर्खा वेलफेयर ट्रष्टका ग्यारी घलेलाई विस हजार पाउण्डको चेक हस्तान्तरण गरेको थियो ।