लन्डन, गत महिना नेपालमा गएको महाभूकम्पका कारण भएको धनजनको क्षतिलाई सहयोग गर्ने उद्देश्यले हेल्प नेपाल नेटवर्क यूकेको सहकार्यमा विश्व प्रसिद्ध हलको रुपमा परिचित बेलायतको एकदमै पूरानो अनि चर्चित रोयल अल्वर्ट हलमा यही जुन २८ का दिन नेपाली सांगीतिक कार्यक्रमको आयोजना हुने भएकोछ । यही मे ३१ आइतवारका दिन गरिएको पत्रकार भेटघाटमा दिइएको जानकारीअनुसार उक्त सांगीतिक कार्यक्रममा गायक दीप श्रेष्ठ, ओम बिक्रम बिष्ट, योगेश्वर आमात्य, दीपक थापा, जेम्स प्रधान, सुजील कर्मचार्य, तृष्णा गुरुङ जस्ता कालाकारहरुको सहभागिता रहनेछ । करीब १४४ वर्ष पुरानो यस हलमा ठूला ठूला चर्चित कार्यक्रमहरु हुने गर्दछन् ।
दोस्रो बिश्व युद्दबाट पनि जोगिन सफल उक्त हलको समुउद्घाटन सन् १८७१ मा महारानी भिक्टोरियाद्वारा गरिएको थियो । शुरुमा सेन्ट्रल हल अफ आर्ट एण्ड साइन्स को नामले चिनिन्थ्यो भनेपछि आएर यसको नाम रोयाल अल्वर्ट हल नामाकरण गरिएको हो । कार्यक्रमको प्रकृतिअनुसार बढीमा ३९२९-५२७२ जनासम्मको सिटको ब्यबस्था उक्त हलको टिकट बिक्रि हुन् बढी समय नलाग्ने अनुमान गायक आमात्य बताउछन् । यहाँ आएर कार्यक्रम प्रस्तुत गर्नुलार्इ नेपालीहरुको लागि शाैभाग्य मात्र होइन एउटा चुनौतिको रुपमा पनि लिन सकिन्छ । आयोजक तथा परिकल्पनाकार योगेश्वर आमात्यका अनुसार नेपालीहरुको लागि भनेर हल बुकींगका लागि जाँदा उनीहरुलाई विश्वास दिलाउन निकै गाह्रो भएको तीतो अनुभव उनले बताएका थिए । तर सबैजनाको प्रयास र सहयोगले उक्त कार्यक्रम गर्नको लागि सफलता प्राप्त भएको हो । उक्त कार्यक्रमले नेपाल ब्रिटेनको २०० बर्षको लामो सम्बन्धलाई समेत अझ दरिलो बनाउने आमात्यको धारणा रहेकोछ । हेल्प नेपाल नेटवर्कका प्रसिद्ध प्रधानका अनुसार कार्यक्रमबाट उठेको रकमले गोर्खा जिलाका पीडितहरुको शिक्ष्या तथा स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउने धारणा रहेको बताएका थिए | परोपकारीको लागि उठाइएको रकमलाई शतप्रतिशत परोपकारिमा लगाउने हेल्प नेपाल नेटवर्कको नीतिअनुरूप यसमा कुनै पनि पारिश्रमिक र प्रशासनिक खर्च कटौति नहुने संस्थाका कोषाध्यक्ष सचिन श्रेष्ठले बताएका थिए । त्यस्तैगरी सामाजिक र परोपकारी भावनाले गरिएको यो सान्गीतिक कार्यक्रम हरेक नेपालीको ढुकढुकी रहने मोनिका श्रेष्ठले बताइन् । उनले भर्खरै मात्र लन्डन दीप प्रज्वलनको आयोजना गरेर लण्डनको केन्द्रमा हजारौंको संख्यामा नेपाली तथा विदेशीहरुको जमघट गराएकिथिइन् ।
चाडै नै टिकट बिक्रि खुल्ला हुने र अब कार्यक्रमलाई कसरी सफल पार्ने भन्ने बारेमा सबैको ध्यान केन्द्रित भएकोछ । पत्रकार महासंघ बेलायतका अध्यक्ष्य चिरन शर्माले हेल्प नेपाल नेटवर्क संगको सहयात्रा निरन्तर रहँदै आएको र भविष्यमा पनि कायमै रहने र यस पटकको कार्यक्रममा पनि पत्रकारहरुको तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिएका थिए | एन.आर.एन.यूकेका पूर्व अध्यक्ष तथा अन्तर्राष्टिय समन्वय परिषद्का सदस्य कुल आचार्यले अल्बर्ट हलमा नेपाली प्रस्तुती हेर्ने सपना साकार हुने कुरा बताएका थिए ।
तस्वीर साैजन्य :एभरेष्ट गाैतम
प्रतिक्रिया