गायक मोतिराजलाई २०८२ को सर्वोत्कृष्ट भजन गायकको उपाधि

गायक मोतिराजलाई २०८२ को सर्वोत्कृष्ट भजन गायकको उपाधि


‘बक्स अफिस’द्वारा आयोजित म्युजिक अवार्ड २०८२ मा भजन विधामा कलाकार मोतिराज खनालले सर्वोत्कृष्ट भजन गायक तथा सर्जक अवार्ड हात पारेका छन् । वरिष्ठतम् निर्णायक मण्डलको मूल्याङ्कनमा आधारित यस अवार्डमा कुनै पनि भोटिङ प्रक्रिया नराखी, उत्कृष्ट सिर्जना र गायनको आधारमा छनोट गरिएको हो ।

गायक खनालले आफूले गरेको कर्मको फल पाएको अनुभूति गर्दै अवार्डप्रति खुशी र गौरव व्यक्त गरेका छन् । गायक खनालले यसै वर्ष सुपा देउराली भजन गाएका थिए भजनको लोकप्रियता बढेसङ्गै सुपा देउरालीमा पर्यटकहरु ह्वात्तै बढेको सुपादेउराली अवलोकन गर्नेहरुले बताउने गरेका छन् । यस भजनले पर्यटन र धार्मिक हिसाबले पनि अर्घाखाँचीको बिकाशमा टेवा पुग्ने आँकलन गरिएको छ । सुपा देउराली भजन सार्वजनिक भएको केही दिनमै युटुव, टिकटक र फेसबुक रिल्समा भजनको लोकप्रियता ह्वात्तै बढेको थियो । यिनै गाएक मोतिराज खनालले सुपा देउरालीकी माई भजनबाट अवार्ड प्राप्त गर्नु अर्घाखाँचीको लागी र सुपा देउरालीको लागि गौरवको विषय बनेको छ ।

यस वर्षको सर्वोत्कृष्ट भजनको रुपमा ‘सुपा देउराली भजन’ चयन भएको छ । सोही भजनमार्फत यसै भजनका निर्देशक सुरज खनालले समेत अवार्ड जित्न सफल भएका छन् । यस उपलब्धिमा उनले निर्देशक खनालसहित आफ्नो टिम सदस्यहरू शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल, मन्जु गुरुङ, एरेन्जर विश्वास नेपाल, प्राविधिक टिम तथा निरन्जन ठाकुर फिल्म निर्माता तथा युवा ब्यवसायी आरके गोल्डकपको सिइओ तथा समाजसेवी साथै ध्रुव बस्नेत सुपा देउराली भजनका विशेष सहयोगी समेतलाई श्रेय दिएका छन् ।

खनालले दर्शक–श्रोता, पत्रकार, मिडिया, गुरुजन, परिवार र शुभेच्छुकको मायाले नै आफूलाई यहाँसम्म ल्याएको भन्दै सबैप्रति आभार व्यक्त गरेका छन् । अवार्ड निर्णायक मंडलमा रहेका बिशिस्ट व्याक्तित्वहरु लगायत बक्स अफिस इभेन्टका अध्यक्ष आर.के. सुवेदीको अध्यक्षमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।