नेपाल रग्बी संघको आयोजनामा नेपाल-बङ्गलादेश अन्तरराष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ ।
संघका अध्यक्ष दीपक देवकोटाले सिरिजमा रग्बी ‘सेभेन’मा दुई र ‘फिफ्टिन’मा एक खेल हुने जानकारी दिए ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सिरिजअन्तर्गत यही भदौ ३० मा रग्बी सेभेन र ३१ मा फिफ्टिनको खेल खेलाइने छ ।
सिरिजको पहिलो संस्करण सन् २०२२ मा बङ्गलादेशको ढाकामा भएको थियो ।
प्रतिक्रिया