लन्डन । लन्डनस्थित गोल्डेनशीप रेष्टुरेन्टले भूकम्प पीडित पत्रकारका लागि ५० हजार रुपैयां सहयोग गर्ने कबाेल गरेको छ । रेष्टुरेन्ट संचालकद्वय देब गुरुङ र सनत गुरुङले भूकम्पपछि नेपाली सेना र प्रहरीजस्तै गरी समाचार संकलनमा पत्रकारहरु खटिएको भन्दै पत्रकारलाई दुःख परेको बेला सानो भए पनि सहयोग गर्ने निणर्य गरिएको बताएका छन् । यसअघि सो रेष्टुरेन्टले भूकम्प पीडितका लागि १६ लाख रुपैयां संकलन गरेको थियो । भूकम्पका कारण करीब १ हजार पत्रकार घरबारबिहीन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । भूकम्प पीडित पत्रकारको सहयोगार्थ नेपाल पत्रकार महासंघ यूके शाखाले छुट्टै सहयोग संकलन गरिरहेको छ । अहिलेसम्म ५ लाख रुपैयां संकलन भइसकेको शाखाका अध्यक्ष चिरन शर्माले जनाएका छन् । शर्माले बेलायतस्थित बिभिन्न संघसंसस्थाबाट सहयोग आउनेक्रम जारी रहेकाले जुलाई महिनाको अन्त्यसम्म सहयोग संकलन जारी राखिने र अन्तिममा पत्रकार भेला गरी भूकम्प पीिडत पत्रकारहरूका लागि जम्मा भएकाे रकमहरू, उठाइएका श्राेतहरूसहित नेपालमा प्रत्यक्ष वा मार्फत बुझाइएकाे व्यक्ति वा संघसंस्थाहरूकाे नामकाे बारेमा जानकारी दिइने जनाएका छन् ।
प्रतिक्रिया