- विशेष प्रतिनिधि, युरोप
नेपाली मिलन केन्द्र आन्त्वेर्पेन, बेल्जियमले मिलन केन्द्रकी अध्यक्ष कान्ति अधिकारीको सभापतित्व तथा महासचिव कविता सिंखडा दाहालको सञ्चालनमा सांगीतिक तथा दर खुवाउने कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ ।
अगष्ट २५ सोमबारको दिन बेल्जियमको आन्त्वेर्पेनमा आयोजना गरिएको दर खाने कार्यक्रममा उपस्थित महिला तथा पुरुषहरुलाई प्रतिष्ठित ब्याबशायी तथा परोपकारी मनहरुको प्रायोजनमा खानाका विभिन्न परिकार दरका रुपमा खुवाइएको थियो ।
हरितालिका तीजको उक्त कार्यक्रममा आन्त्वेर्पेनका जनप्रतिनिधि स्टाइन रोस्टर (Stijn Roster) को समेत बिशेष उपस्थिति रहेको थियो । उहाँलाई मिलन केन्द्रको तर्फबाट संस्थाकी सम्मानित सभापति कान्ति अधिकारीले फूलगुच्छा दिएर स्वागत गरेकी थिइन् भने तारा अम्माईले खादा ओडाएकी थिइन् । नेपालदेखि आएका आमा बुवाहरुलाई सँस्थाका सदस्यहरु मिना देवकोटा दाहाल, रीता गौतम, भगवती पहारी, तारा अम्माई, दुर्गा अधिकारीले विशेष स्वागत गरेका थिए ।
उपस्थित चेली तथा अतिथिहरुलाई संगठनको तर्फबाट सचिव ललित कुमार पोख्रेलले मन्तब्य मार्फत स्वागत गरेका थिए । त्यस्तै नगरका प्रतिनिधि स्टाइन रोष्टरले पर्वको उपलक्षमा उपस्थित सबैलाई नगरको तर्फबाट शुभकामना दिए । त्यस्तै मिलन केन्द्रकी नि।बर्तमान अध्यक्ष शुशिला खतिवडाले पनि छोटो शुभकामना मन्तब्य दिएकी थिइन् ।
कार्यक्रमको म्युजिक सिस्टममा प्राबिधिकको रुपमा सल्लाहकार मदन दवाडीले महत्वपुर्ण सहयोग गरेका थिए । अनि भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार क्रिस्टल माला एशियन ज्वलरी, दोस्रो पुरस्कार सुनको चन्द्रमा कृष्ण ज्वलर्स, तेस्रो सुनको टप आमा ज्वलरी र सान्त्वना पुरस्कार इन्दु श्रेष्ठबाट साडी प्रायोजन स्वरुप प्रदान गरिएको थियो । चेली भोजन खीरको लागि दुध विनोद बानियाँले प्रायोजन गरे भने मरमसला कास्टन्डप किराना पसलले प्रदान गरेको थियो ।
संस्थाकी कोषाध्यक्ष विमला अधिकारीले आर्थिक सहयोगदाताहरूको नामावली संगठनको साइडमा राखिने बचन दिएकी थिइन् । मिलन केन्द्रलाई खाना पकाउन सहयोग गर्ने गणेश अधिकारी, दामु अधिकारी, युद्धबहादुर थापा, चित्र सुवेदी र ललितकुमार पोखरेल टिमको खटाइ देखेर आयोजक सबै चकित भएका थिए।

बार तथा आर्थिक संकलनमा निरन्तर सहयोग गर्ने सहयोगीहरुमा क्रमश चित्र सुवेदी, दीपक न्यौपाने, गणेस अधिकारी,मदन दवाडी,मोहन के।सी,दामु अधिकारी, रस्मी न्यौपाने, लक्ष्मी सुवेदी, ललित कुमार पोख्रेल, मोहन केसी, ध्रुव सिम्खडा, मिना दाहाल, पर्वत गौतम, भगवती पहारी, मुना सुवेदी, हिरा अधिकारी, भुवन सुवेदी,गणेश गैरे, पवन सुवेदी, सरोज सिम्खडा, सरिता दाहाल, कविता दाहाल (फुपू), राधिका सापकोटा, रमेश दाहाल, मोहन शर्मा, हेमराज सापकेटा, निलकन्ठ आचार्य, तारा अम्माई, कुल जि।सी, गोपाल दाहाल, विदुर खतिवडा, विमला अधिकारी, तेजेन्द्र कँडेल, सरस्वति कँडेल, युद्ध बहादुर थापा लगायत सहयोगीहरुलाई समापन मन्तव्यको क्रममा अध्यक्ष कान्ता अधिकारीले आभार प्रकट गरेकी थिइन् । त्यस्तै उनले पत्रकार राम पुनलाई विशेष धन्यवाद दिँदै मिलन केन्द्रको तर्फबाट सम्मान ब्याक्त गरेकी थिइन् । मन्तव्यको क्रममा भनिन्, ‘गणेश अधिकारी र दामु अधिकारी जस्ता कार्यकर्ताले गर्दा मिलन केन्द्र सफल भएको हो । मित्र युद्धबहादुर, प्यारा भाइ गणेश गैरे, आदरणिय दाइ निलकण्ठ आचार्य हजुरहरूले यस कार्यक्रममा किचनमा खटी सयौँ दिदी बहिनीहरूलाई मिठो दर खुवाउनु भयो। अनि धुर्ब सिम्खडा, गोपाल दाई र रमेश दाहालको खटाई आहा !’
अनि एनआरएनएकी निवर्तमान अध्यक्ष सीता सापकोटा र एनआरएनए (महेश समुहका अध्यक्ष) कमल पन्थीको उपस्थितिलाई पनि मिलन केन्द्रले स्वागत गरेको थियो।
अनौपचारिक कार्यक्रम अन्तर्गत संस्थाले खेलाएको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार मुना श्रेष्ठले जिती सुनमा जडित क्रिस्टल माला प्राप्त गरिन् । त्यस्तै दोस्रो पुरस्कार सुनको चन्द्रमा अनिता घलेले प्राप्त गरिन् भने तेस्रो पुरस्कार प्राञ्जल खतिवडा र सान्त्वना पुरस्कार रोनी श्रेस्ठले जितेकी थिइन् ।
स्मरण रहोस, तीजको कार्यक्रमको लागि ६९६३.७० युरो आम्दानी भएको विवरण कोषाध्यक्ष विमला अधिकारीले सार्वजनिक गरिन् भने त्यसमध्ये ६२९० युरो सोहि कार्यक्रमको शिलशिलामा खर्च भयो । जसबाट जम्मा ६७३ युरो बचत भएको कोषाध्यक्ष बिमलाको रिपोर्टले सार्वजनिक गरेको छ । केहि उठन्ती र बचेको रकम संगठनको खातामा रहने कुरा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया