गायिका इन्दिरा गोले गुरुङको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

गायिका इन्दिरा गोले गुरुङको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


गायिका इन्दिरा गोले गुरुङको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकगीतका पारखी र स्वर्गीय गायिकाका परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

‘नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौं उपत्यका आसपास धेरै लोकप्रिय छ । नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।

क्यान्सरबाट पीडित गायिका गोलेको बुधबार ५८ वर्षको उमेरमा निधन भएको हो ।