संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार (१९ भदौ) साँझ काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला र सत्र पुरुष छन् ।
वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेका अनुसार उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।
ज्ञातव्य छ, यसअघि अमेरिकाबाट विभिन्न चरणमा २१५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।
प्रतिक्रिया