प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा

प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा


जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । आज (२४ भदौ) साँझ सर्वदलीय बैठकसमेत बोलाएका प्रधानमन्त्री ओलीले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका उनले संविधानसम्मत् राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष रहेका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।