प्रधानन्यायाधीशको भूमिकामा रहँदा कतिपय विवादित तथा सन्देहात्मक रवैया प्रदर्शन गरेर विवाद र चर्चामा रहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने तयारी गरिएको छ । जेनजी नेतृत्वको रुपमा एकाएक प्रकट भएका कुनै एनजीओकर्मीको अविश्वसनीय आग्रह र दबाबमा कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ ।
तर, कार्कीलाई कुन प्रावधान र प्रक्रियामा गर्ने भन्ने सवाल भने टड्कारो रुपमा खडा भएको छ । यस विषयमा आज (२७ भदौ) दिउँसो बैठक बस्ने जनाइएको छ । सम्भवतः आजै साँझसम्म कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउने तयारी भएको स्रोतको भनाइ छ।
समयमै शान्तिसुरक्षार्थ सेनालाई जिम्मेवारी दिन चुकेको आरोप खेपिरहेका राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीबार शीतल निवासमा संवैधानिक विज्ञ, पूर्वप्रधानन्यायाधीश कार्की र नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको सहभागितामा छलफल भएको सन्दर्भ चर्चामा छ । सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि बिहीबार निष्कर्षमा पुग्न नसकेको बताइएको छ।
प्रतिक्रिया