तमलोपाले असोज ३ गते ‘कालो दिन’ मनाउने

तमलोपाले असोज ३ गते ‘कालो दिन’ मनाउने


तराई-मधेश लोकतान्त्रिक पार्टीले असोज ३ लाई विगत वर्षमा झैँ कालो दिवसको रुपमा मनाउने भएको छ । बिहीबार (२ असोज) केन्द्रिय कार्यालयमा बैठक गरी संविधान दिवसका रुपमा मनाउने गरिएको असोज ३ लाई मधेसकेन्द्रित तमलोपाले प्रत्येक साल जस्तै कालो दिन मनाउने निर्णय गरेको हो ।

संविधानको घोषणा भएपछि तत्काल सीमांकन, पहिचान, समावेशिता, आदिको सम्बोधन नगरिएको भन्दै तत्काल संविधान संशोधनको माग गरी भएको आन्दोलनमा निहत्था आन्दोलनकारीमाथि गरिएको बर्बर दमन र हत्याको विरोध र शहीदहरुलाई श्रद्धाञ्जली दिन कालो दिन मनाउने निर्णय भएको तमलोपाकी नेता विभा ठाकुरले बताइन् ।

जनकपुरको जनकचेकमा तमलोपाले शहीदहरुलाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेको बताइएको छ ।