पृथ्वी राजमार्ग जवाङखोलामा पहिरो, यातायात अवरुद्ध

पृथ्वी राजमार्ग जवाङखोलामा पहिरो, यातायात अवरुद्ध


पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिन सडकखण्डमा आज (७ असोज) सुख्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ । बेनीघाट रोराङ गाउँपालिका-१०, जवाङखोला नजिक पहिरो जाँदा सडक बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरो पन्छाउने काम सुरु भइसके पनि पहिरो पन्छाउन दिनभर लाग्न सक्ने देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले पायक पर्ने वैकल्पिक सडक भएर यात्रा गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।