कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता


नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार (८ असोज) प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ ।’

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा आजका मितिदेखि लागू हुनेगरी कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।

कांग्रेसको समर्थन फिर्तापछि जनमत पार्टीको तर्फबाट मूख्यमन्त्री रहेका सतिशकुमार सिंह नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ ।