कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए


गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये आज (९ असोज) एकैदिन ६२८ जना कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागले आजसम्म सात हजार ७३५ कैदीबन्दी कारागारमा फर्किएका जानकारी दिएको छ । यसअघि हिजोसम्म सात हजार १०७ जना कैदीबन्दी कारागार फर्किएका विभागले जनाएको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले आज एकैदिन सबैभन्दा धेरै ६२८ जना कैदीबन्दी कारागार फर्किएका जानकारी दिँदै अधिकांश बैदीबन्दी आफैं आइरहेका र कतिपयलाई पक्राउ गरेर ल्याइएको बताए ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए । देशभर ३० हजार ६४० कैदीबन्दी थिए । जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड तथा आगजनी हुँदा कैदीबन्दी मुलुकभरका कारागारबाट बन्दी भागेका थिए । नेपालका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट उनीहरू भागेका थिए ।

file photo