यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार (१८ र १९ असोज) मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले शुक्रबार साँझ मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको छ ।
अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार बिहानदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
मौसमविद् प्रतिमा मानन्धरका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने शनिबार र आइतबार मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सोमबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने उनको भनाइ छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
महाशाखाका अनुसार शुक्रबार राति देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति भने कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका अधिकांश स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार दिउँसो भने देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आइतबार राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने माहाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशकालगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ ।
प्रतिक्रिया