हामी यसरी नै एकले अर्कोलाई सिध्याउने खेलमा लाग्यौँ भने देश सक्किनेछ, अनि कसले जित्ला ? ‘देशभित्रकै शक्तिहरूबीच राष्ट्रिय एकता र मेलमिलाप’को भावनालाई बलियो बनाउन सकेनौँ भने पछुताउनुपर्ने दिन अब टाढा छैन । सबैले राष्ट्रप्रति विवेक र जिम्मेवारी प्रदर्शनको योग्यता देखाउनु आजको आवश्यकता हो ।
✍ शेखर ढुंगेल
GEN-Z पुस्तादेखि अन्य व्यक्तित्वहरू आयातित सिद्धान्तलाई आमन्त्रण गर्नु वा वकालत गर्नुभन्दा पहिले एकपटक राष्ट्रको धरातलीय यथार्थलाई गम्भीरतापूर्वक अध्ययन-मनन गर्न अनुरोध गर्दछु । नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारिणी नै स्थायित्वको विकल्प हो भन्ने भ्रम नपालौँ वा यस्तो भुल नगरौँ । किनभने-
नेपालको भौगोलिक विविधता जातिय, वर्गीय, धार्मिक, सांस्कृतिक, भाषिकलगायत सामाजिक विविधता एवम् मतदाताको स्वतन्त्र विवेक प्रयोग गर्न सक्ने चेतको खडेरीका कारण प्रत्यक्ष निर्वाचित कार्यकारिणी घातक हुन्छ । अर्कोतर्फ श्रीलंकाबाट पाठ सिकौँ जहाँ २८५ सदस्यीय सदनमा ३ सिट जित्न सफल दलको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले त्यै ३ सदस्य मध्येबाट प्रधानमन्त्री चुने र त्यहाँको हालत के भयो ? नेपाल त्यो फरक प्रकारको स्तरहीन राजनैतिक चेतको अवस्थामा छ त्यसैले शक्ति सन्तुलनको लागि नेपालमा एक ‘स्टेट्समेन’सहितको संसदीय पद्दति नै उपयुक्त हुन्छ ।
राजनैतिक स्थायित्व अनि देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनता बचाउने हो भने-
१. नेपालमा एक जिल्ला एक सांसद, २. तीनदेखि चार दल मात्रको अस्तित्व रहने गरि निर्वाचन पद्धति/कानुनको निर्माण, ३. प्रदेश खारेज, ४. एघारदेखि तेह्र जनाको मन्त्रिमडल, ५. निर्मम कानुनीरूपमा निर्वाचन आचारसंहिता जसमा चन्दा लिने वा दिने कानुनको ब्यवस्था र पारदर्शिता, उदाहरणको लागि- १. चन्दा लिने/दिने नगदको सिमा र त्योभन्दा बढी रकम अनिवार्यरूपमा बैंकिङ प्रणालीमार्फत हुनुपर्ने – जुन रकमको जानकारी कर कार्यालय, सम्बन्धित दल र व्यक्तिको वेबसाइट, निर्वाचन आयोग र लेखापरीक्षण कार्यालयलाई अनिवार्य दिनुपर्ने, २. व्यक्तिले उठाएको चन्दारकम निर्वाचनपश्चात दलमा बुझाउनुपर्ने, ३. चन्दा ब्यवसायिक प्रतिष्ठानको खाताबाट नभै व्यक्तिको आयस्रोत र कर तिरेको प्रमाणसहितको आम्दानीबाट मात्र लिन-दिन पाउने ।
यसरी सामान्य र विश्वब्यापी मान्यता पाएको कानुन बन्न सक्ने राजनैतिक दल वा व्यक्तित्वहरूले चन्दाको दुरुपयोग गर्न सक्दैनन् र भ्रष्टाचार/अनियमितता रोक्न सकिन्छ । थोरै दल भए थोरै नेता हुन्छन् अनि ती दलमा एक व्यक्ति एक पद र केवल दुई कार्यकालको कानुन निर्वाचन आयोग स्वयमले निर्माण गर्नुपर्छ ।
देश पनि बचाऔं र सुशासनको सपना पनि पूरा होस् भन्ने सबैको ध्येय छ । यसका लागि दल र नेतृत्व वर्गलाई उत्तरदायी बनाउने राजनैतिक संस्कारको खाँचो छ, विवेकशील मतदाताको खाँचो छ । देशको धरातलीय यथार्थभन्दा टाढाको राजनैतिक वा शासकीय स्वरूप प्रयोगमात्र गरेर देशको स्वाधीन अस्तित्वसमाप्तिको नयाँ बाटो खोल्ने अपरिपक्व विचारलाई थाति राख्नु बुद्धिमानी हुन्छ । राष्ट्रिय एकता र मेलमिलापलाई प्राथमिकतामा राखौँ । देशभित्रकै शक्तिहरूको बीचमा सम्झौता र सहकार्यको मार्ग खोजौँ । हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने हाम्रो नियतिलाई अब परिपार्जन गर्नैपर्छ । GEN-Z To GEN A B C D… सबैको सकारात्मक सोचको फ्यूजन नै आगामी सुरक्षित मार्ग हुन्छ ।
युवाको उर्जा र जेष्ठ नागरिकको अनुभव डाइनामाइट र ब्याट्री जस्तै हो, जसले राजनीतिक गाडीलाई सफलताका साथ गन्तब्यमा पुऱ्याउन सक्छ ।
तत्कालिन राजा श्री ५ ज्ञानेन्द्रलाई सत्ताच्युत गर्ने नेपाली थिएनन् । १२बुँदे ५बुँदे अनि तिनै राजाले ब्युताइँदिएको सदनमा राजाको स्थान सुरक्षित थियो, पछि षडयन्त्र रचियो र हटाइयो । त्यही शक्ति अझै सशक्त भएको छ नेपाल गम्भीर अवस्थामा पुगेको छ । एकापसमा लड्ने/लडाउने र एकता गर्न नसक्ने अवस्थामा हामीलाई पुऱ्याउन ठुलो लगानी भएको छ ।
देश जातीय, भाषिक, वर्गीय, क्षेत्रिय, दल र वादमा त विभक्त गराइएकै थियो, अब पुस्ताबीचमा पनि विभक्ति पैदा गर्ने एकप्रकारको अमानविय प्रवृतिले प्रोत्साहन पाउने हो भने देशको भविष्य के होला ? हामी कुन हदसम्म विभक्त हुने ? GEN-Z ले सोच्नुपर्छ, घनिभूत छलफल गर्नुपर्छ । देशका चार प्रमुख दल असफल भएका छन् । राज्यसंयन्त्र सबै असफल वा निष्प्रभावी बनेका छन् । संविधान खारेज भएजस्तै अवस्था हो अहिले । सरकार खारेज भएको छ । असंवैधानिक रूपमा सरकार बनेको छ, जुन विद्रोहको माग हो । यो नजीरले फेरि पनि प्रोत्साहन पाउन सक्छ । चार प्रमुख दलमा विभाजनको घन्टी बजिरहेको छ । तीन दशकदेखिको नेतृत्व वर्ग असफल भएका छन् । अनैतिकता भ्रष्टाचार विवेकहीनता गैरजिम्मेवारी र परिवारवाद आदि मानसिकताको कारण उनीहरूको आत्मबल गिरेको छ तर अनुभूति गरेका छैनन् । प्रत्येक दलमा विभाजन छ । नेतृत्वप्रति विश्वास र सम्मान छैन । देशमा विश्वासको खडेरी परेको छ । राष्ट्रियता, राष्ट्रिय एकता र मेलमिलापको भावना शुन्य मात्र होइन राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न राज्य र नागरिकसमेत अयोग्य असक्षम प्रमाणित भएको छ ।
यतिबेला जता हेऱ्यो त्यतै फुट छ, अविश्वास छ । एकले अर्कोलाई कोही अमेरिकन कोही चिनिया कोही भारतीय कोही यूरोपियन देख्ने र आरोप लगाउने मानसिक रोगले हामी ग्रसित छौँ । यस्तो अवस्था किन र कसरी हुन पुग्यो ? हामी नेपाली कहाँ चुक्यौं ? के हाम्रो गरिबीले हाम्रो सोचमा दरिद्रपनले प्रभाव पारेको हो ? यसो हेऱ्यो नेपालमा नेपाली मन भएका नागरिककै खडेरी परेजस्तो भान हुन्छ । देशको धरातलीय यथार्थ भन्दा आयातित सिद्धान्त/नीतितर्फ हामी किन प्रोत्साहित ? ०४७ को र ०७२ को संविधान किन असफल भयो ? लामो संघर्ष र विद्रोहले स्थापित यी दुई संविधान किन असफल भए ? यसको सघन चिरफार र राष्ट्रव्यापी बहस गर्नु पर्दैन र ? विगतबाट पाठ नसिक्ने र फेरि आयातित नीति/सिद्धान्त वादलाई जबर्जस्ती लाद्न प्रेरित हुँदा प्रत्युत्पादक हुँदैन र ? विकृति र विसंगतिको लामो पीडापछि GEN-Z को उपस्थिति त भयो अकल्पनीय विद्रोह त भयो तर विकृति र विसंगतिको विषवृक्ष ढल्न सकेन केही पात झऱ्यो केही हाँगा लच्किएमात्र अर्थात् समस्या यथावत छ । यही मौकामा GEN-Z को हातमा सम्पूर्ण राज्य सत्ताको कब्जा हुनुपर्ने थियो तर सुन्यजस्तै छ । यहि अब GEN-Z समेत परिचालित वा घुसपैठको शिकार भएको स्पष्ट देख्न सकिन्छ, किनकि यहाँ पनि ३–४ समुह देखिनु यो विद्रोहको अपमान र अवमुल्यन भएको छ ।
यसको अर्थ के भने जुनसुकै विद्रोहको एक चरणपछि कम्तिमा केही वर्ष आशा-विश्वासको उर्जा हुनुपर्थ्यो तर यो विद्रोहको चरण ताजै रहँदा अर्को विद्रोहको आमन्त्रण भएको अनुभूति हुनु राष्ट्रको लागि शुभ संकेत होइन । त्यसैले आजको पहिलो अनिवार्य आवश्यकता ‘राष्ट्रिय एकता र मेलमिलाप’को जसले GEN-Z To A लाई एकै टेबुलमा बस्ने र देशको रक्षार्थ नवीन सोच र मार्ग तय गर्नुपर्छ, अर्थात् देशभित्रकै शक्तिहरू बीचमा समझदारी सम्झौता र सहकार्यमार्फत सामुहिक भावनाको स्वस्थ वातावरण निर्माणमा GEN-Z ‘नेपाली संस्करण’ समुहले गम्भीरतापूर्वक सोचेर निर्णय गर्नुपर्ने हुन्छ ।
त्यसैले असफल, नालायक, भ्रष्ट, अनैतिक, गैरजिम्मेवार कुशासकलाई दण्डित गरी उनीहरूलाई हटाइ दूरदर्शी, इमान्दार, नैतिकवान, विवेकशील, जिम्मेवार व्यक्तित्वहरूलाई राजनीतिमा स्थापित गराउने हो चाहे त्यो युवा होस् चाहे जेष्ठ नागरिक ! स्मरण रहोस्, वर्तमान GEN-Z पुस्तालाई योग्य र सक्षम बनाउन बाउबाजे पुस्ताको ठुलो त्याग र लगानी पनि छ र यदि युवापुस्ता स्वविवेकीय र देशभक्तिपूर्ण नभइ परिचालित हुन पुग्यो भने त्योजस्तो ठुलो अक्षम्य देशविरुद्धको अपराध कर्म अरु हुन पनि सक्दैन । तत्कालिन राजा श्री ५ ज्ञानेन्द्रलाई सत्ताच्युत गर्ने नेपाली थिएनन् । १२बुँदे ५बुँदे अनि तिनै राजाले ब्युताइँदिएको सदनमा राजाको स्थान सुरक्षित थियो, पछि षडयन्त्र रचियो र हटाइयो । त्यही शक्ति अझै सशक्त भएको छ नेपाल गम्भीर अवस्थामा पुगेको छ । एकापसमा लड्ने/लडाउने र एकता गर्न नसक्ने अवस्थामा हामीलाई पुऱ्याउन ठुलो लगानी भएको छ ।
GEN-Z भर्खर परीक्षा कक्षामा प्रवेश गरेका छन्, जटिल प्रश्नको सामना गर्न बाँकी नै छ र परीक्षाफल सकारात्मक हुन सहज मार्ग के हुन सक्छ भनी सोचविचार, चिन्तनमनन गर्नु अपरिहार्य छ । देशको यो विषम अवस्थामा टुट्ने होइन जुट्ने हो, जोड्ने हो । त्यसको लागि परिचालित होइन पुर्खाको अनुभवलाई आत्मसात गरी राष्ट्रप्रति विवेकशील जिम्मेवार र स्वचालित हुनुपर्छ । जोसैजोसमा कतै जेलेन्स्कीलाई अनुशरण गर्न पुग्यौँ भने दुर्भाग्य हुनेछ । हामी यसरी नै एकले अर्कोलाई सिध्याउने खेलमा लाग्यौँ भने देश सक्किनेछ, अनि कसले जित्ला ? ‘देशभित्रकै शक्तिहरूबीच राष्ट्रिय एकता र मेलमिलाप’को भावनालाई बलियो बनाउन सकेनौँ भने पछुताउनुपर्ने दिन अब टाढा छैन । सबैले राष्ट्रप्रति विवेक र जिम्मेवारी प्रदर्शनको योग्यता देखाउनु आजको आवश्यकता हो ।
प्रतिक्रिया