पहिरोमा परी इलाममा १४ जनाको मृत्यु

पहिरोमा परी इलाममा १४ जनाको मृत्यु


पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका-५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका-६ घोसमा ६ र माङ्सेबुङ गाउँपालिका-१ मा तीन जनाको मृत्यु भएको हो ।

पहिरो खसेका कतिपय स्थान दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ प्रहरी जानेक्रम जारी छ । पहिरोमा परेकाहरुको स्थानीयले उद्धार गरिरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ ।

यसैबीच, पहिरोमा परी नौ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।